arrow

स्कुटर र मोटरसाइकल ठोक्किँदा निरूताको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
accident-final.jpg

झापा । झापाको शिवसताक्षी नगरपालिका-१ मा मन्दिर टोलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलकाअनुसार सो दुर्घटनामा बिर्तामोड-५ निवासी अन्दाजी २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको हो ।

पाराबारीबाट धरमपुर चोकतर्फ आउँदै गरेको प्र.१-०१-०१६ प ९३५८ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।  
 
दुर्घटनामा परी सोही स्कुटी पछाडि सवार सिन्धुपाल्चोक चिम्लिङबेसी-४ निवासी ३४ वर्षीय सीताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी-१ निवासी अन्दाजी वर्ष-३१ का सुरज कार्की गम्भीर घाइते भएका छन् ।

उनीहरूको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ