arrow

देशीखोलामा जीप दुर्घटना हुँदा आमा-छोरीसहित तीनको मृत्यु, चालकसहित १० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
accident-final.jpg

हुम्ला । हुम्लामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा आमाछोरीसहित तीन जनाको ज्यान गएको छ भने चालकसहित १० जना घाइते भएका छन् । 

मृत्यु हुनेमा चंखेली गाउँपालिका वडा नं ६ की वसन्ती बुढा, उनकी छोरी र सोही वडाका मानबीर बुढा छन् । 

घाइते हुनेमा चालक बहादुर लामा, यात्री कैलाश सिरा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र बिमला बुढा छन् । जीपमा दुई जना सामान्य बिरामीसहित १३ जना सवार रहेको पाइएको प्रहरीले जनाएको छ।  

हुम्लाको मेल्छामबाट पालीका केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१च१०९१ नम्बरको डबल क्याब जीप शुक्रबार बिहान ११ बजे चंखेलीमा गाउँपालिका वडा नं ४ स्थित देशीखोलामा दुर्घटना भएको हो ।

जीप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको मेल्छाम प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । 

घाइतेको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी पिप्लाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूलाई थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ