arrow

त्रिविको सम्पत्ति खोजबिन प्रतिवेदन सार्वजनिक गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
tribhuwan-university-tu.jpg

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने जानकारी दिएका हुन्।

यसअघि, उक्त प्रतिवेदन निर्वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको भए पनि सार्वजनिक गरिएको थिएन। हालै मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो।

यसैगरी, मन्त्री पुनले अर्को महत्त्वपूर्ण घोषणा गर्दै नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा उपचारका लागि प्रयोग हुने अतिआवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपालमै गर्न का लागि कदम चालिएको बताएका छन्। यसका लागि आणविक अनुसन्धान केन्द्र (औषधि उपचारका लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ