गाजा युद्धविरामको हस्ताक्षर समारोहमा ट्रम्पको उपस्थिति रहने, मङ्गलबारसम्ममा बन्धकहरू रिहा हुने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
2.4k
Shares
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा हुन लागेको गाजा युद्धविराम सम्झौताको हस्ताक्षर समारोहमा उपस्थित हुन प्रयास गर्ने बताएका छन्। उनले सोमबार वा मङ्गलबार बन्धकहरूलाई फिर्ता ल्याउने खुशीको दिन हुने पनि बताए।
ट्रम्पले युद्धविरामको प्रतिनिधित्वमूलक हस्ताक्षर भइसकेको भए पनि आधिकारिक हस्ताक्षर अब हुने जानकारी दिए।
इजरायल र हमासले सोमबार इजिप्टको रेड सी रिसोर्ट शहर शर्म अल–शेखमा गाजा युद्धविराममा अप्रत्यक्ष वार्ता सुरु गरेका थिए। ट्रम्पले बुधवार 'ट्रुथ सोशल' मार्फत इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको उल्लेख गरेका थिए।