युवा क्रान्तिलाई स्वीकार गर्नुपर्छ: प्रधानमन्त्री कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
981
Shares
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले 'जेन-जी' आन्दोलनको एक महिना पुगेको अवसरमा जारी गरेको भिडियो सन्देशमार्फत विगतका सरकारले युवाको आवाज र भावनालाई पर्याप्त ध्यान नदिएको बताएकी छिन्। उनले वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्।
प्रधानमन्त्री कार्कीले युवा आन्दोलनलाई देश सुधार्ने शक्ति मानेकी छिन्। उनले युवाहरूको बलिदानपछि राजनीतिक र आर्थिक सुधार, देशमा न्याय, विधिको शासनको अपेक्षा रहेको र भ्रष्टाचार एवं बेथिति उन्मूलन भएको हेर्ने तीव्र चाहना रहेको उल्लेख गरिन्।
"युवापुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ," उनले सन्देशमा भनिन्, "युवा पुस्ताको क्रान्ति केवल विरोध वा असन्तोष मात्र होइन, देश सुधार्ने शक्ति हो। त्यसैले यसलाई नजरअन्दाज गर्न मिल्दैन।"