arrow

युक्रेनी ड्रोनलाई लक्षित क्षेप्यास्त्र विस्फोटले अजरबैजानको विमान दुर्घटना: पुटिनको पहिलो स्वीकारोक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
ajarbaijan-plane.jpg

काठमाडौँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पहिलो पटक सन् २०२४ मा भएको अजरबैजानको यात्रुवाहक विमान दुर्घटना रूसकै कारणले हुन पुगेको स्वीकार गरेका छन्।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवसँगको भेट मा पुटिनले रूसले युक्रेनी ड्रोनलाई लक्षित गरी क्षेप्यास्त्र परिचालन गरेको र ती क्षेप्यास्त्र विमानबाट केही मिटर टाढा विस्फोट भएको बताए।

पुटिनले यस दुखद घटनामा रूसले क्षतिपूर्ति प्रदान गर्न आवश्यक सबै काम गर्ने र सबै अधिकारीहरूको कार्यको कानुनी मूल्याङ्कन गरिने प्रतिबद्धता व्यक्त गरे।

'एम्ब्रेयर १९०' विमान अजरबैजानको राजधानी बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नी शहरतर्फ उडान भर्ने क्रममा क्यास्पियन समुद्र पार गर्दै काजाकिस्तानको अक्टाउ नजिक दुर्घटनाग्रस्त भएको थियो।

अजरबैजानी एम्ब्रेयर विमान अकटाउ विमानस्थलको धावनमार्गभन्दा तीन किलोमिटर टाढा उच्च गतिमा दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो भने ३८ जनाको मृत्यु भएको थियो। उड्ययनविद्हरूले यसअघि नै दुर्घटनाको कारण शङ्कास्पद रहेको र सम्भावित मिसाइल आक्रमणको सङ्केत देखिएको बताउँदै आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ