arrow

जेन–जी आन्दोलनको एक महिना

शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएकै आरोपमा माइतीघरमा दर्जन बढी पक्राउ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
genZ-protest-82-6-23.jpg

काठमाडौँ । बाक्लो सुरक्षा उपस्थितिबीच माइतीघरमा जेन–जी प्रदर्शन भएको छ । उक्त प्रदर्शनका क्रममा प्रहरीले कम्तीमा १४ जनालाई पक्राउ गरेको छ । 

प्रदर्शन गर्न खोजेकै आरोपमा उनीहरुलाई अन्तरिम सरकारले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न माइतीघर पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा खटाएर सुरक्षा व्यवस्था कडा पारेको छ । 

पक्राउ पर्नेहरुमा डा निकोलस भुसाल, स्वतन्त्र अभियन्ता एसपी साह, सञ्जीव दाहाल लगायत रहेका छन् । 

जेन–जीका विभिन्न समूहहरू अन्तरिम सरकारसँग मुख्यतः तीन विषयमा असन्तुष्टि जनाएर माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए ।

भ्रष्टाचार र बेथितिविरुद्ध कुनै ठोस कदम नचालिएको, राखिएका मागहरू पूरा गर्न ढिलाइ गरिएको र गत भदौ २३ गते भएको आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ नगरिएको भन्दै उनीहरू प्रदर्शनमा होमिएका हुन् । 

काठमाडौँका विभिन्न स्थानमा गतिविधिहरू बढ्दै गएपछि सम्भावित थप प्रदर्शनलाई ध्यानमा राख्दै उपत्यकाको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

गत भदौ २३ गते भएको जेन–जीहरूको आन्दोलनमा सरकारले दमन गरेसँगै एकैदिन नेपालकै राजनीतिक इतिहासमा १९ जनाको मृत्यु भएको थियो । अहिलेसम्म उक्त जेन–जी आन्दोलनबाट ७६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । 

जेन–जी आन्दोलनको एक महिना पुगेको सन्दर्भमा आज जेन–जीहरू पुनः आन्दोलित भएका हुन् । त्यतिबेला जेन–जीमात्र नभइ तत्कालीन अवस्थामा प्रतिपक्षमा रहेका राप्रपा, रास्वपा र केही माओवादीका नेताहरूकोसमेत सक्रियता रहेको बताइएको छ । 

रास्वपाले आन्दोलनमा भएको स्वीकारेको थियो भने उनीहरूका दलका कुनै पनि नेताको घरमा तोडफोड वा आगलागी भएको थिएन । त्यस्तै राप्रपाका नेताहरूका घरमा पनि कुनै तोडफोड भएको थिएन । 

यता जेन–जीहरूको एक समूहले बिहीबार गर्ने भनिएको आन्दोलन स्थगित गरेको थियो । एनटीईके–जेड समूहको नामबाट आज गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो ।

एनटीईके–जेड समूहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै बिहीबार हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको थियो ।

‘साथीहरुले २०८२–६–२२ गते केन्द्रीय कमिटीको मिटिङ बसेर गरेको छलफलमा बिहीबार मिति २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई बिथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेडका केन्द्रीय पदाधिकारीहरूले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्तगित गर्ने निर्णय गरिएको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको थियो । 

एनटीईके–जेड समूहले छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गरेकोसमेत बताएको छ । 

genZ-protest-82-6-23 (19).jpeg
genZ-protest-82-6-23 (18).jpeg
genZ-protest-82-6-23 (17).jpeg
genZ-protest-82-6-23 (16).jpeg
genZ-protest-82-6-23 (15).jpeg
genZ-protest-82-6-23 (14).jpeg
genZ-protest-82-6-23 (13).jpeg
genZ-protest-82-6-23 (12).jpeg
genZ-protest-82-6-23 (11).jpeg
genZ-protest-82-6-23 (10).jpeg
genZ-protest-82-6-23 (9).jpeg
genZ-protest-82-6-23 (8).jpeg
genZ-protest-82-6-23 (7).jpeg
genZ-protest-82-6-23 (6).jpeg
genZ-protest-82-6-23 (5).jpeg
genZ-protest-82-6-23 (4).jpeg
genZ-protest-82-6-23 (3).jpeg
genZ-protest-82-6-23 (2).jpeg
genZ-protest-82-6-23 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ