arrow

मिनीबस दुर्घटनामा एर्डेम्लीमा पाँचको मृत्यु, १४ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
accident-turky.jpg

काठमाडौँ । टर्किएको दक्षिणी प्रान्त मर्सिनको एर्डेम्लीमा कृषि कामदार बोकेको मिनीबस मंगलबार पल्टिँदा पाँच जनाको ज्यान गएको छ भने अन्य १४ जना घाइते भएका छन् । 

मिनीबस जिल्ला केन्द्रतर्फ जाँदै गर्दा चालकले स्टेयरिङको नियन्त्रण गुमाउँदा पल्टिएको अर्ध-सरकारी अनाडोलु एजेन्सीले जनाएको छ । जसका कारण मिनीबस सडक किनारको खाल्डोमा लगभग १० मिटर खसेको थियो ।

प्रत्यक्षदर्शीको फोनपछि अग्नि नियन्त्रक, चिकित्सा टोली र जेन्डरमेरी एकाइसहित आपतकालीन सेवाका लागि  घटनास्थलमा जुटेका समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । दुर्घटनाको कारणको बारेमा अनुसन्धान भइरहेको रिपोर्टमा भनिएको छ ।

सुरक्षा महानिर्देशनालयका अनुसार २०२४ मा टर्कीभर ट्राफिक दुर्घटनाले २ हजार ७ सय १३ जनाको ज्यान लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ