arrow

 तयारी निर्वाचनको

निर्वाचनको तयारीबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
election-commission-hq-building-2022.jpg

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्नका लागि यही असोज ३० गते राजनीतिक दलहरूलाई बोलाएको छ।

आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले दिएको जानकारी अनुसार, आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दलहरूलाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको छ।

छलफलका लागि आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूलाई पत्राचार गरेको जनाएको छ।

आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामका लागि मात्र भएकाले निर्वाचन कार्यक्रमलगायतका महत्त्वपूर्ण विषयमा राजनीतिक दलहरूसँग छलफलपछि मात्र निर्णय लिइने आयुक्त डा. तुलाधरले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ