नेपाली राजनीतिमा बीपी जत्तिको राजनेता कोही छैन : केशरबहादुर विष्ट [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
1k
Shares
काठमाडौँ । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले विश्वेश्वरप्रसाद कोइरालालाई महामानव भन्न नहुने बताएका छन् ।
बीपी कांग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले बीपी महामानव नभई राजनेता भएको तर्क गरे ।
उनले महामानव राजनीतिबाट बाहिर रहेको र गल्ती नगर्नेलाई भन्ने गरिने पनि उल्लेख गरे । बीपी गल्ती र राजनीति नगर्ने मान्छे नभएको बताए ।
बीपीले समयानुसार मुलुकको माटो, गहिराइलाई बुझेर अघि बढाएको र अहिलेसम्म पनि बीपी जत्तिको नेपाललाई बुझ्ने मान्छे राजनीतिमा अर्को नदेखेको उनले बताए ।
अध्यक्ष विष्टले मनमोहन अधिकारी पनि बीपीको नजिकसम्म पुगेको व्यक्ति भएको बताए ।
उनले भने, ‘बीपी महामानव थिएनन् । हामीले बेला-बेलामा गलत बुझ्छौँ । बीपीलाई महामानव भन्नु हुँदैन । बीपी राजनेता हुनुहुन्थ्यो । बीपीको राजनेतापन नेपालको लागि इज्जत र सौभाग्यको कुरा हो । हामीले त्यसरी बुझ्दा बढी राम्रो हुन्छ । महामानव भनेको गल्ती नगर्ने मान्छे हुन्छ, राजनीति नगर्ने मान्छे हुन्छ । बीपी गल्ती नगर्ने मान्छे पनि होइन, बीपी राजनीति नगर्ने मान्छे पनि होइन । बीपी राजनेता हुनुहुन्थ्यो । समयानुसार यो मुलुकको माटो, गहिराईलाई बुझेर त्यसलाई लिएर जाने क्रममा त्यति जानेको बुझेको मान्छे आजसम्म नेपालको राजनीतिमा अर्को भएन । केही नजिक नजिक मनमोहन अधिकारी पनि हुनुभयो । नेपालको राजनीतिमा त्यो तहको राजनेता छैनन् ।’
उनले माओवादीसहितका राजनीतिक दलले व्यवस्था बदल्नका लागि प्रयोग गरेको बाटो राष्ट्रघाती रहेको बताए ।