सिदिङवामा बोलेरो गाडी दुर्घटनामा परी एकको मृत्यु, छ घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
946
Shares
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार थर्पुबाट आङखोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो गाडी आज साँझ करिब ६ः३० बजे सडकबाट करिब २०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर सिदिङवा गाउँपालिका–३ आङखोपका ६० वर्षीय लोकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।
त्यसैगरी दुर्घटनामा छ जना घाइते भएका छन् । घाइते सबै सिदिङ्वा गाउँपालिकावासी हुन् । दुई जना भने गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार लोकबहादुर चौहान र प्रकाश चौहान गम्भीर घाइते भएको बताइएको छ ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि लैजाने कार्य भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।