arrow

तयारी निर्वाचनको

निर्वाचनको तयारीबारे प्रधानमन्त्री कार्की र निर्वाचन आयुक्तहरूबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
sushila-karki-pm-82-6-9.jpg

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका आयुक्तहरूबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकीदेवी तुलाधर र सगुन शमशेर ज.ब.रा. ले प्रधानमन्त्री कार्कीसँग भेट गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीबारे जानकारी गराएका हुन्।

छलफलमा निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, मतपेटिका लगायतका विषयमा कुराकानी भएको छ।

जेन–जी आन्दोलनबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को सत्ता पतन भएसँगै सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्। अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ