रसुवा। लाङटाङ क्षेत्रको पदयात्रामा अलपत्र परेका १२ जना पदयात्रीलाई नेपाली सेनासहित सुरक्षा निकायले सकुशल उद्धार गरेको छ।
भक्तपुरबाट लाङटाङ पदयात्रामा रहेका १६ जनाको समूहमध्ये चार जना बाढीमा बेपत्ता भएपछि बाँकी यात्रुहरू अलपत्र परेका थिए। अलपत्र परेका १२ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोलीले उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो। उनीहरू सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेहरूमा भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन्।