arrow

जेन-जीको दबाबपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
ktm-police-surkshya.jpg

काठमाडौँ। संघीय राजधानी काठमाडौँमा जेन–जी युवाहरूको गतिविधि बढ्न थालेपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।

जेन–जी पुस्ताका युवाहरूले संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र 'जेन–जी विद्रोह' मा दमनकारी भूमिका खेलेका शीर्ष नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढाएपछि काठमाडौँका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो।

युवाहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन्। यसै क्रममा जेन–जीको एक समूहले आज (मंगलबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तहरूको राजीनामाको माग गर्दै औपचारिक रूपमा निवेदन समेत दर्ता गराएको छ।

ओली र लेखकलाई पक्राउ गर्ने विषयमा सोमवार साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरूसँग छलफल गर्नुभएको थियो। यद्यपि, प्रहरीले भने लिखित जवाफ माग गर्दै जाहेरी लिन नमानेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ