काठमाडौँ । चीनमा रोजगारदाताहरू एआई प्रतिभाको खोजीमा लागेका छन् । बेइजिङमा शरद ऋतु शुरू हुनसाथ रोजगार भर्ती मेलाहरू आयोजना गरिन्छ ।
ती मेलाहरूमा यसबर्ष कम्पनीहरूले एआई क्षेत्रमा धेरै रोजगारीका अवसर सिर्जना गरेका छन् । उनीहरूले इन्टरनेट सम्बन्धित पद आवेदन माग गरेका हुन् ।
एआई इमेजिङ अध्ययन गरेका तन्नेरीहरू मेलामा झुम्मिएका छन् ।
एआई पृष्ठभूमि भएका नयाँ भर्नाबाहेक, धेरै भन्दा धेरै कम्पनीले मानविकी वा सामाजिक विज्ञानमा स्नातकहरूको पनि खोजी गरेका छन् ।
किन भने एआई ठूला भाषा मोडेल निर्माण गर्दा, कम्पनीलाई ठूलो मात्रामा डेटा र प्रम्प्टहरू परिभाषित र परिष्कृत गर्न मद्दत चाहिन्छ ।
जुन इन्टर्न वा प्रशिक्षार्थीको रूपमा हालसालै स्नातक गरिएकाहरूका लागि पूर्णरूपमा उपयुक्त मानिन्छ ।
चीनको एक अग्रणी करियर विकास प्लेटफर्मको तथ्याङ्कले गतवर्षको तुलनामा यसवर्षको तेस्रो त्रैमासिकमा एआई इन्जिनियरका लागि २५ प्रतिशत बढी जागिर पोस्टिङ भएको देखाएको छ ।
तथ्याङ्क अनुसार कृत्रिम बुद्धिमत्ता इन्जिनियरहरूको औसत मासिक तलब लगभग तीन हजार अमेरिकी डलर छ । एजेन्सी