arrow

पहिरोपीडित चार जनाको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
helicopter-army-81-6-13.jpg

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ ।

घटनामा एक जना पुरुष र तीन जना महिला (एक बालिकासहित) घाइते भएका थिए ।

घाइतेको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।

नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पुर्याएको बताइएको छ ।

आइतबार पनि नेपाली सेनाले गर्भवती महिलासहित दुई जनालाइ उद्दार गरेर इटहरी उपचारका लागि ल्याएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ