arrow

सप्तकोशी नदीको वहाव घट्दो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
saptakoshi-koshi-barrage-82-6-19.jpg

इनरुवा । अविरल वर्षा राकिएसँगै  सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ । 

गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षा कम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले बताए ।

अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले बताए । आइतबार बिहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ