सप्तकोशी ब्यारेजमा रातो बत्ती बलेसँगै नेपाल–भारतका टोलीबाट ब्यारेज निरीक्षण
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
1.2k
Shares
इनरुवा । पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार बिहान ११ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए । पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ती बाली रातो भण्डासमेत फहराइएको छ ।
यसैगरी कोशी ब्यारेज वरिपरि सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ ।
यसैबीच आइतबार प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संशाधन विभागको टोलीले कोशी ब्यारेजको निरीक्षण गरेको छ ।