arrow

विपद्बाट बच्न एकैदिन पचास लाख भन्दा बढी सन्देश प्रवाह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
government-of-nepal.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ । 

बाढीको जोखिम भएका स्थानका  सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा सतर्क रहने सन्देश प्रवाह गरिएको विभागका बाढीविद् विनोद पराजुलीले बताए ।

उनले भने, “शनिबार हामीले ५० लाख एसएमएस पठायौँ । परिणामस्वरुप बाढीको जोखिम भएका क्षेत्रका मानिस सुरक्षित स्थानमा गएर बसेको पाइयो ।”

पूर्वसूचना प्रणालीलाई  प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा पर्याप्त लगानी आवश्यक भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ