arrow

दशैँअघिको तुलनामा सुन तोलाको सात हजारले बढ्यो, तोलाको दुई लाख ३० हजार छ सय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । दशैँलगत्तै सुनचाँदीको भाउ आकाशिएको छ । दशैँअघि असोज १२ गते प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार दुई लाख ३० हजार छ सय रुपैयाँ कायम भएको छ । 

दशैँ अघिको कारोबारको तुलनामा दशैँपछि आज एकै दिन सुनको भाउ तोलामा सात हजार चार सय रुपैयाँले बढेको हो । 

आज चाँदीको भाउ पनि प्रतितोला दुई हजार नौ सय ३० रुपैयाँ पुगेको छ ।

दशैँ अघि चाँदी प्रतितोला दुई हजार आठ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ