काठमाडौँ। श्रीलङ्कामा मदिरा सेवनका कारणले उत्पन्न समस्याहरूले गर्दा वार्षिक करिब २२ हजार श्रीलङ्कालीहरूको मृत्यु हुने गरेको तम्बाकू र मदिरा सम्बन्धी राष्ट्रिय प्राधिकरणका अधिकारीहरूले जानकारी दिएका छन्।
श्रीलङ्काले विश्व आत्म संयम दिवस मनाउँदै गर्दा नेशनल अथोरिटी अन टोब्याको एन्ड अल्कोहलका अध्यक्ष डा. आनन्द रत्नयाकाले पत्रकारहरूसँग कुरा गरेका थिए। उनले रक्सीको प्रयोग देशमा सार्वजनिक स्वास्थ्यका लागि महत्त्वपूर्ण खतरा बनेको उल्लेख गरे।डा. रत्नयाकाका अनुसार, श्रीलङ्काको २१ प्रतिशत जनसङ्ख्याले रक्सी पिउने गरेको छ।
श्रीलङ्कामा मदिरा सेवनका खतराहरूबारे चेतना जगाउने र स्वस्थ जीवन शैलीलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रव्यापी कार्यक्रमहरूको शृङ्खलाका साथ विश्व आत्म संयम दिवस मनाइन्छ। यसै पर्वको अवसरमा श्रीलङ्का भरिका सबै मदिरा पसलहरू शुक्रबार बन्द रहने व्यवस्था गरिएको छ।