arrow

फिलिपिन्स भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ७२ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
philipinesearthquake.jpeg

काठमाडौँ। मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार गएको ६.९ रेक्टर स्केल भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ।

नेसनल डिजास्टर रिस्क रिडक्सन एन्ड म्यानेजमेन्ट काउन्सिलले बिहीबार मध्य विसाया क्षेत्रमा उनीहरूको मृत्यु भएको र भूकम्पमा कम्तीमा २९४ जना घाइते भएको जनाएको छ।

भूकम्पका कारण मध्य बिसायाका ५३ वटा गाउँमा बसोबास गर्ने ४७ हजार २२१ परिवारहरू प्रभावित भएका छन्।

राष्ट्रिय विपद् व्यवस्थापन आयोगले भूकम्पबाट पूर्वाधार र कृषिमा भएको क्षतिको परिमाण निर्धारण गर्न भने बाँकी रहेको जनाएको छ।

फिलिपिन्स प्यासिफिक रिङ अफ फायरमा अवस्थित भएको कारण यो देश ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिममा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ