arrow

डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
rahughat-hydro-myagdi.jpg

म्याग्दी । डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो । 

आयोजना प्रमुख रोशन अग्रवालका अनुसार चार वर्षमा उक्त प्रगति भएको हो । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेन, टावर’ निर्माणलगायत काममा विना व्यवधान सम्पन्न नहुँदा आगामी कात्तिक ३० सम्ममा बाँकी काम पूरा गर्न असम्भव प्रायः छ । 

मालिका गाउँपालिका-७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ सम्म २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै स्थानमा सबस्टेशन निर्माण गर्न चार वर्षअघि रु. तीन अर्ब ५७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म ४५ वटा  ‘डबल सर्किट टावर’ निर्माण भइसेकाका छन् भने १४ वटा निर्माणाधीन छन् । 

म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताका चार वटा जलविद्युत् आयोजना निर्माण शरू भएका छन् । राहुघाटमा ३५दशमलव५ मेगावाटको चिमखोला-राहुघाट-मंगले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् । 

चालिस मेगावाट क्षमताको राहुघाट र २३ दशमलब पाँच मेगावाटको माथिल्लो ठूलोखोला  आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

तुदी पावरले बनाएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा बिजुली प्रवाह गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ