arrow

भ्यान दुर्घटनामा चालकसहित तीन जना गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
accident-final.jpg

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन-६ गाङको मोडमा बुधबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका-४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ