arrow

हुलाकी राजमार्ग निर्माणमा अवरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
hulaki-rajmarga.jpg

कञ्चनपुर । अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ ।

बेलौरी नगरपालिका-८ पचुँइस्थित नेपाल-भारत सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्ग सडकखण्डको करिब ७०० मिटर सडक आव २०७३/७४ मा ठेक्का भए पनि भारतीय अवरोधका कारण कार्य अगाडि बढन सकेको छैन ।

नगरप्रमुख पोतिलाल चौधरीका अनुसार भारतीय पक्षले इस्ट्रिप नक्साको आधार मान्दै सडक निर्माणको कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध पुर्याउँदै आएको छ । सीमा क्षेत्रभित्र पर्ने सडक भन्दै भारतीय पक्षले अवरोध गर्दै आएको उनले बताए ।

उनका अनुसार सडकखण्डको दक्षिणतर्फ ५० मिटरदेखि ३०० मिटरसम्म नेपाली जग्गाधनी पुर्जा भएको जमिन नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएका छन् । सडक निर्माणका लागि आवश्यक पहल गरिदिनका लागि प्रधानमन्त्रीलाई पत्रमार्फत अवगत गराइएको नगरप्रमुख चौधरीको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ