arrow

हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
phulpati-dashaighar.jpg

काठमाडौँ। नेपालीहरूको महान चाड बडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा आज (आइतबार) हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको छ।

गोरखा दरबारबाट पठाइएको फूलपातीलाई साइतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित दशैँ घरमा भित्र्याइएको हो। कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक र मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी यो डोली हनुमान ढोका पुर्‍याइएको थियो। गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हर्ष बढाईंका साथ फूलपाती भित्र्याइएको थियो।

फूलपातीको अवसरमा आजै नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरेको थियो। उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतका विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो।

बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोप को प्रयोगसहित मार्चपास प्रदर्शन गरेको थियो। सेनाको बढाइँ टोलीले इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ जस्ता विशेष प्रस्तुतिहरू प्रस्तुत गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ