arrow

सुन-चाँदीको मूल्य इतिहासकै उच्च, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा सात सय र चाँदी ७० रुपैयाँ बढेको छ । 

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । आजको सुनको यो भाउ हालसम्मकै उच्च हो । 

यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार तीन सय र बुधबार दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यता, शुक्रबार प्रतितोला दुई हजार सात सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदी आज आइतबार दुई हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि इतिहासकै उच्च हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ