मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा ट्रक र कन्टेनर ठोक्किएका छन् । शनिबार बिहान एकापसमा दुई साधन ठोक्किँदा दुर्घटना भएको हो ।
काठमाडौँबाट आउँदै गरेको ना ८ ख ३८८६ नम्बरको कन्टेनर र मुग्लिन तर्फबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–० ३५२२ नम्बरको ट्रक आज ठोकिएर दुर्घटना हुदाँ एक जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । रासस