arrow

चीनको गान्सु प्रान्तमा गयो शक्तिशाली भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
earthquake-final-------.jpg

काठमाडौँ । चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५ दशमलव६ रेक्टर स्केलको भूकम्प गएपछि उक्त क्षेत्रभरी ठूलो धक्का महसुस गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ ।

अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ गएका छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले उद्धार कार्य शुरू गरेका छन् ।

क्षति र सम्भावित मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन । उद्धार तथा राहत कार्य भने निरन्तर जारी बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ