पकहा पालिकाका भ्रष्ट अध्यक्षले माग्छन् हरेक काममा घुस, बजेटै नल्याउँदा समस्या
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ असोज ८ बुधबार
1k
Shares
पर्सा । राजनीति नबुझेको बानियाँ ब्यापारी र अवसरवादी चरित्रका व्यक्तिलाई पैसा लिएर स्थानीय तहमा पार्टीको टिकट दिलाएर जिताएपछि कस्तो हुँदो रहेछ त्यो जान्नका लागि पकहा मैनपुर गाउँपालिकालाई गतिलो उदाहरणको रुपमा लिन सकिन्छ।
पर्सा जिल्लाका नेपाली कांग्रेसका नेताहरुले पैसा लिएर यसअघिको स्थानीय तहमा माओवादीको तर्फबाट चुनाव लडेका सुरेश प्रसादलाई टिकट दिए । सुरेशलाई गाउँपालिकाका जनताले प्रचण्ड बहुमतसहित पकाहा मैनपुरको ताला चाबी सुम्पिदिए ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य र वार्ड सदस्यको कूल संख्या २९ मध्ये २७ ठाउँमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको थियो । सुरेश प्रसादअघिका गाउँपालिका अध्यक्ष सार्है गन्हाएको कारण त्यहाँका जनताले विजय चौरसियालाई दण्डित गर्दै जम्मा दुई वटा वार्ड सदस्यमा जसपालाई जित दिलाएको थियो । तत्कालीन जसपाबाट चुनाव लडेका चौरसिया अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा छन् । चुनाव जितेपछि जे कुरामा पनि घुस खान खोज्ने सुरेश प्रसादको रकमी बानीको कारण पाकाहा मैनपुर गाउँपालिकामा पटक पटक विवाद हुने गरेको छ ।
अहिले बजेट पारित प्रक्रिया लामो समयदेखि अवरुद्ध छ ।
२०८२ असारमा गाउँपालिकाले प्रत्येक वडामा ८०/८० लाखको बजेट सिलिङ तोक्दै आयोजना तथा कार्यक्रम बनाउन निर्देशन दिएको थियो । त्यसयता २०८२ असार ९ गते नीति तथा कार्यक्रम सम्पन्न भए पनि साउन २५ गते बसेको गाउँसभा बैठकमा आर्थिक विधेयक बाहेकका प्रस्तावमाथि छलफलै नगरिकन अध्यक्ष बीचमै बैठक छाडेर टाप ठोकेका थिए।
वडास्तरीय बजेट कट्टा गरी आफूखुसी योजना बनाएर बजेट कुम्ल्याउन दाउ हेर्दै आएका सुरेशको व्यवहारबाट आजित भएर उपाध्यक्ष सर्फुल नेशासहित पाँच वटै वडा अध्यक्षहरूले मंगलबार असोज ७ गते स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ बमोजिम बजेट पारित गर्न गाउँसभा बोलाइदिन लिखित निवेदन गाउँपालिका अध्यक्ष सुरेश समक्ष दर्ता गराएका छन् ।
यसअघि पनि २०८१/०८२ मा असोजको दोस्रो हप्तामा बजेट पारित भए पनि अध्यक्षले खर्च गर्ने अख्तियारी रोक्दै तिहार अघिल्लो दिन मात्रै अनुमति दिएका थिए । यस वर्ष फेरि त्यही शैली दोहोर्याउँदै ले गाउँपालिकाको सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति जस्तै गरेर एक्लै डकार्न खोजेपछि समस्या उत्पन्न भएको छ।
यसरी बजेट अवरुद्ध भएपछि गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयका कर्मचारी पाँच महिनादेखि तलब–भत्ता पाउन सकेका छैनन् ।
दशैं जस्तो महान् पर्वमा सामाजिक सुरक्षा भत्तासमेत वितरण हुन नसकेकोले ज्येष्ठ नागरिकहरु र कर्मचारीहरुको परिवारले नेपाली कांग्रेस पार्टी पर्साका नेता र गाउँपालिकामा अध्यक्ष सुरेश प्रसादको सतोसराप शुरु गरेका छन् ।