arrow

रुरुक्षेत्रका नागरिकको पहुँचमा ल्याब सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
rurukshetra-gaunpalika.jpg

गुल्मी । रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ ।

वडा नं ३ मा रहेको थानापति स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरेसँगै रुरुक्षेत्रका छ ओटै वडाका नागरिकको पहुँचमा ल्याब सेवा पुगेको हो ।

ल्याब सेवा सञ्चालनका लागि प्रत्येक स्वास्थ्य चौकीमा एक/एक ल्याब टेक्निसियनको दरबन्दी थप गरिएको छ ।

ल्याब सेवा शुरू भएपछि स्थानीयलाई रगत, पिसाब, हर्माेन लगायतका रोगको परीक्षण गर्न रिडी वा श्रृङ्गा अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

त्यसैगरी गर्भवतीलगायत अन्य बिरामीको रगत परीक्षण, रगत ग्रुपको पहिचानलगायतका सेवामा सहज भएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य चौकीबाट यसभन्दा पहिले खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन, सर्ने तथा नसर्ने रोग, सरकारले तोकेका औषधिको उपलब्धता लगायतका सेवा प्रदान हुँदै आएको थियो ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार स्वास्थ्य क्षेत्रमा रुरुक्षेत्र अब्बल बन्दै गएको छ ।

“पालिकाभित्रका सबै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउने लक्ष्य हो”, अध्यक्ष ज्ञवालीले भने, “निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गरेका छौँ ।”

उनले रिडीमा १५ शैय्याको अस्पताल सञ्चालनको अन्तिम तयारी भएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ