arrow

दशैँभर टिपर सञ्चालनमा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
tipper-butwal-rupandehi.jpg

काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैँको अवसरमा जिल्लाभर टिपर सञ्चालनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार असोज ६ देखि २२ गतेसम्म टिपर चलाउन नपाइने भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा यात्रु तथा सर्वसाधारणको सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमनका लागि यो निर्णय गरिएको उल्लेख छ। यदि यस अवधिमा टिपर सञ्चालन गरेको पाइएमा कानुनअनुसार कडा कारबाही गरिने उनले बताए।

यो नियम अत्यावश्यक सेवाका सवारी साधनमा भने लागू हुने छैन। काभ्रेपलाञ्चोकका तीन मुख्य राजमार्गहरू (अरनिको, बीपी र हेलम्बु) लगायतका सडकखण्डबाट दैनिक करिब २५०० टिपर राजधानी काठमाडौँतर्फ आवतजावत गर्ने गर्छन्। यसअघि पनि स्थानीय प्रशासनले सुरक्षालाई ध्यानमा राखेर रातिको समयमा मात्र टिपर सञ्चालन गर्न अनुमति दिँदै आएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ