arrow

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
accident-final.jpg

झापा । झापाको दमक नगरपालिका-५ आम्दा रोडस्थित भित्री सडकखण्डमा मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

आम्दाबाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे१०प १५७१ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेकी सोही नगरपालिका-५ बस्ने ४२ वर्षीया देवी बिकलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी बिकलाई उपचारका लागि खरखरे आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका-६ का २३ वर्षीय निराजन विष्टलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ