arrow

बडादशैँको पहिलो दिन बढ्यो सुन-चाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा बडादशैँको पहिलो दिन सोमबार सुन-चाँदीको भाउ वृद्धि भएको छ ।

आइतबार प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज असली चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै सोमबार चाँदी प्रतितोला दुई हजार छ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदी आइतबार प्रतितोला दुई हजार छ सय २० रुपैयाँमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ