arrow

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेवलाई हटाए कुलमानले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
hitendradev-kulman.jpg

काठमाडाैँ । कुलमान घिसिङ उर्जामन्त्री भएर आएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएका छन् । 

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनको सरुवा भएको भनिए पनि कहाँ सरुवा गरिएको हो भन्ने विषय खुलाइएको छैन । यद्पि शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने तयारी भएकाे स्राेत बताउँछ । 

यसअघि केपी शर्मा ओली सरकारले घिसिङलाई हटाएर शाक्यलाई निर्देशक बनाइएको थियो । सकारको यो निर्णयको चौतर्फी आलोचनासमेत भएको थियो ।

घिसिङ उर्जामन्त्री बनेसँगै शाक्यले के गर्लान् भन्ने आम चासो रहेको थियो भने मन्त्री घिसिङले उनलाई हटाउनुपर्ने भन्दै आएका थिए ।

शाक्यको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ