काठमडौं। जेनजी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइए पछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ। गत बिहीबार (२ असोजदेखि) इजलास बस्न सुरु भएको हो।
पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्कोतर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ।