arrow

धान खेतमा हात्ती मृतावस्थामा फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
elephant-died-81-4-29.jpg

झापा । यहाँको मेचीनगर नगरपालिका-१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । शनिबार बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् ।

मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए ।

“हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,” उनले भने, “बिहान त एउटा हात्ती मरेको खबर आयो ।”

के कारणले हात्ती मर्‍याे भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख श्रेष्ठको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ