arrow

सुन तोलामा आठ सय र चाँदी ६० रुपैयाँ बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा आठ सय र चाँदी ६० रुपैयाँ बढेको छ ।

यसअघि बिहीबार प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज शुक्रबार प्रतितोला दुई लाख १६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यस्तै बिहीबार प्रतितोला दुई हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आज शुक्रबार प्रतितोला दुई हजार पाँच सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि बुधबारको तुलनामा बिहीबार भनेर सुनचाँदीको भाउ घटेर कारोबार भएको थियो ।

बुधबार सुनको भाउ प्रतितोला दुई लाख १६ हजार एक सय र चाँदी दुई हजार पाँच सय ५० रुपैयाँ रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ