arrow

जेन-जीको प्रदर्शनपछि रोकिएको मनकामना केबलकार सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
manakamana cable car.jpg

चितवन । मनकामना केबलकारले बुधबारदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेन-जीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।

सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामना माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना-४ स्थित चेरेसमा पर्दछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ