arrow

सनातन हिन्दू राष्ट्र कायम गर्न सनातन हिन्दू समाज नेपालको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
sanatan-hindu-samaj-nepal-8.jpg

जनकपुर । सनातन हिन्दू समाज नेपालले राष्ट्रमा लोकतान्त्रिक व्यवस्था पद्धतिभित्र सनातन हिन्दू राष्ट्र कायम गरिनु पर्ने माग गरेको छ ।

मंगलबार सनातन हिन्दू समाजले जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत राष्ट्रमा सधैभरिका लागि अमन चैन हुन युवा पुस्ता र अन्तरिम सरकारले देशलाई सनातन हिन्दू राष्ट्र कायम गर्नेतर्फमा जोड दिन आग्रह गरेको हो ।

हिन्दू समाज नेपालका अगुवा एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले नेपालको इतिहासमै सनातन हिन्दू राष्ट्र रहेको बताए । 

उनले नेपाल र नेपालीको आहार र व्यवहार सनातनी रहेकोले हिन्दू संस्कृतिलेनै गर्दा देश चलिरहेको जानकारी दिए । 

महन्थ दासले सनातन र संस्कृतिनै हाम्रो देशको धरोहर रहेको बताए । उनले हरेक घर र हरेक स्थानमा कुनै शुभ कार्य हुँदा हिन्दू संस्कृति अनुसारनै पूजा अर्चना गरेर कार्य सुरु गर्ने चलन अहिले पनि व्यापक्त रहेको उल्लेख गरे ।

महन्थ दासले नयाँ पुस्ताले देखाएको पराक्रमको प्रशंसा गर्दै सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले नयाँ पुस्तालाई धर्म संस्कृति बचाउन भूमिका खेल्नु पर्नेमा जोड दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ