arrow

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
bishwakarma-puja-bhadrakali.jpg

काठमाडौँ। आज असोज १ गते, देशभर विश्वकर्मा बाबाको पूजा गरेर विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदैछ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन यो पर्व मनाउने परम्परा रहेको छ।

यो दिन विभिन्न कलकारखाना, उद्योग, र कार्यशालाहरूमा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा-आराधना गरिन्छ। मजदुरहरूलाई सहभागी गराएर यो पर्व मनाइन्छ र उनीहरूले प्रयोग गर्ने औजारहरूको पनि पूजा गरिन्छ। यसो गर्दा ती औजारहरू धेरै समय टिक्ने र काममा सहजता आउने धार्मिक विश्वास रहेको छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, द्वापर युगमा भगवान् श्रीकृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरी लुकाएका थिए। एकै रातमा उक्त द्वारका निर्माण गरेकाले उनलाई सफल वास्तुविद्का रूपमा मानिन्छ। त्यही समयदेखि विश्वकर्माको पूजा गर्ने परम्परा सुरु भएको हो। वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ पनि उनैले रचना गरेका हुन्।

आजको दिनमा इन्जिन जडान भएका गाडीहरू र अन्य यन्त्रहरूको पनि पूजा गर्ने प्रचलन छ। यसबाहेक, वास्तु विद्याका ज्ञाताहरूको सम्मानमा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा पनि मनाउने गर्छन्। पछिल्लो समय नेपालमा वास्तु विद्याको महत्त्व बढ्दै गएको छ, जसको आधार स्थापत्यवेदमा पाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ