arrow

कास्की प्रशासनले दुई कोठाबाट शुरु गर्‍यो सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
kaski-police-1300x540.jpg

कास्की। भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारदेखि दुईवटा कोठाबाट सेवा सञ्चालनमा ल्याएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा, मुद्दाको म्याद थप, विपद् व्यवस्थापन र दैनिक प्रशासनिक कार्यलाई निरन्तरता दिन अहिले दुईवटा कार्यकक्षबाट सेवा शुरु गरिएको जानकारी दिइन्। बाँकी कोठाहरू मर्मत हुँदै गरेकाले अन्य सेवाहरू क्रमिक रूपमा सञ्चालन गरिने उनले बताइन्।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार, भदौ २४ गतेको प्रदर्शनका कारण कार्यालयको मुख्य भवन र सवारीसाधनमा क्षति पुगेको थियो।

पोखरामा आगजनी भएका मालपोत, नापी, यातायात कार्यालय र पोखरा महानगरपालिका लगायतका कार्यालयहरूले भने अझैसम्म सेवा शुरु गर्न सकेका छैनन्। ती कार्यालयमा सरसफाइको काम भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ