जाग्यो निर्वाचन आयोग, उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
944
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभाको विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकिएसँगै उपनिर्वाचन रद्द गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको मिति तोकेको थियो ।