arrow

कारागारबाट भागेका दुई सय ३९ कैदीबन्दी फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
kanchanpur-karagar.JPG

कञ्चनपुर । जेन-जी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २ सय ३९ कैदीबन्दी फिर्ता भएका छन् ।

कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २ सय २७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् ।

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् । कारागारमा ४ सय ७९ कैदीबन्दी रहेका थिए । जसमध्ये लागूऔषधका मात्रै १ सय ६९ जना रहेका छन् ।

“कारागारबाट बाहिरिएकामध्ये केही कैदीबन्दीहरू सम्पर्कमा रहेका छन्,” निमित्त प्रशासक जोशीले भने, “तीन दिनभित्र कारागारमा फिर्ता आउने अश्वासन दिएका छन्, सम्पर्कमा नआएका कैदीबन्दीको खोजीका लागि प्रहरीले खोजतलासको कार्य गरिरहेका छन् ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ