काठमाडाैँ । नेपाली बजारमा आज सोमबार सुन-चाँदीको सामान्य वृद्धि भएको छ ।
आइतबार प्रतितोला दुई लाख १५ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एक सय रुपैयाँ बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, आइतबार दुई हजार पाँच सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदी आज सोमबार तोलामा पाँच रुपैयाँ बढेर दुई हजार पाँच सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।