arrow

विद्यालयको पठन पाठनले लियो गति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
student-school.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् ।

जेन-जी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन् ।

गत हप्ता काठमाडौँलगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको थियो ।

अभिभावक र शिक्षकमा चिन्ता बढेपछि शिक्षण संस्थाले केही दिनका लागि पठनपाठन स्थगित गरेका थिए ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परिस्थिति सुधारिएको भन्दै विद्यालय पुनः सञ्चालन गर्न सकिने जानकारी दिएको छ । 

यससँगै अधिकांश निजी तथा सरकारी विद्यालयले आजबाट नियमित कक्षाहरू सञ्चालन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ