arrow

बेनी-जोमसोम सडकखण्ड पूर्णरुपमा अवरुद्ध, सोमबार मात्रै खुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
beni-jomsom-sadak-pahiro.jpg

पोखरा । बेनी-जोमसोम सडक खण्ड फेरि अवरुद्ध भएको छ । आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नं ४ काभ्रेभिरस्थित सडकमाथिबाट पहिरोसहितको ढुङ्गा झरी सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पहिरो निकै ठूलो रहेकाले पन्छाउन समय लाग्ने देखिएको छ । 

सडक विभागसँग समन्वय गरी बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

सडक सोमबार दिउँसोसम्ममा सञ्चालनमा आउने सक्ने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ