arrow

पाँच दिनपछि खुल्याे गड्डाचौकी नाका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
gaddachauki.jpeg

कञ्चनपुर। नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ । भारतीय सीमासुरक्षा बल (एसएसबी) ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल-भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकी स्थित ७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको छ ।

“यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालन भएका थिए आज नाकासम्मै यातायात सञ्चलनमा आएका छन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, “नेपाल-भारत मैत्री बस नेपाल भित्रिएका छन् ।”

आजदेखि भारतीय सीमासुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ ।

गत बुधबारदेखि भारतीय सीमासुरक्षा बल (एसएसबी)ले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ