arrow

भयानक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
accident-final.jpg

काठमाडाैँ। दक्षिणपूर्वी मेक्सिकोमा शनिबार भएको भयानक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

युकाटन राज्यको सुरक्षा सचिवालयका अनुसार मेरिडा र क्याम्पेचे सहरबीचको राजमार्गमा एक कार्गो ट्रक पल्टिएर निर्माण श्रमिकहरू बोकेको कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।

सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “घटनास्थलमै १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।” साथै, ट्रक चालकसहित अन्य दुई जना घाइते भएका छन् ।

यो घातक दुर्घटना एक हप्ताभन्दा कम अवधिमा मेक्सिकोमा धेरैजनाको ज्यान जाने तेस्रो ठूलो घटना हो ।

यसअघि सोमबार मध्य मेक्सिकोमा मालवाहक रेल डबल डेकर बससँग ठोक्किँदा १० जनाको मृत्यु र ४१ जना घाइते भएका थिए ।

त्यसको दुई दिनपछि मेक्सिको सिटीमा करिब ५० हजार लिटर ग्यास बोकेको ट्रक पल्टिएर विस्फोट हुँदा ठूलो दुर्घटना भएको थियो ।

शनिबार अद्यावधिक गरिएको तथ्याङ्कअनुसार उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो भने दर्जनौँ मानिस गम्भीर रूपमा घाइते भएका थिए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ