arrow

साढे सात रेक्टर स्केलको शक्तिशाली भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
earthquake-final-------.jpg

काठमाडाैँ । रूसको क्यामचात्का प्रायद्वीपको तटमा ७दशमलव४ म्याग्निच्यूडको भूकम्प गएको छ। यस भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क-कामचात्स्की शहरको एक सय ११ किलोमिटर पूर्वमा थियो, जुन क्यामचात्का क्षेत्रको प्रशासनिक केन्द्र हो।

भूकम्पको गहिराइ ३९ दशमलव ५ किलोमिटर थियो। शुरूवातमा यस भूकम्पको ७ दशमलव ५ रेक्टर स्केल बताइएको थियो, तर पछि ७ दशमलव ४ रेक्टर स्केल रहेको जनाइएको छ।

प्रशान्त महासागर सुनामी चेतावनी केन्द्रले शुरुमै यस भूकम्पका कारण ‘खतरनाक’ सुनामीका लहरहरू उत्पन्न हुने चेतावनी दिएको थियो, जसको उचाइ एक मिटर (३ दशमलव ३ फिट) सम्म हुन सक्थ्यो। पछि भने उक्त चेतावनी हटाइयो र ‘सुनामीको खतरा अब टरेको’ भनेको छ

यस भूकम्पको कारण कुनै ठूलो सुनामी उत्पन्न भएको छैन र त्यसले तटीय क्षेत्रमा खास असर गरेको पनि देखिएको छैन।

साथै, जुलाई महिनामा क्यामचात्का प्रायद्वीपमा एक अत्यन्त शक्तिशाली भूकम्प ८दशमलव८ म्याग्निच्यूडको आएको थियो।

यस भूकम्पले प्रशान्त महासागरमा ४ मिटर (१३ फिट) उचाइका सुनामीका लहरहरू उत्पन्न गरेको थियो। यो भूकम्प २०११ मा जापानको ९दशमलव१ म्याग्निच्यूडको भूकम्पपछि आएको सबैभन्दा शक्तिशाली भूकम्प हो।

क्यामचात्का क्षेत्रको भूकम्पीय गतिविधि उच्च म्याग्निच्यूडका भूकम्पहरूको लागि प्रशिद्ध रहेको र भविष्यमा यस्ता घटनाहरू घट्न सक्ने सम्भावना पनि रहेको छ। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ